१४ खर्ब ३३ अर्ब विदेशी विनिमय सञ्चिति

हिमाल प्रेस २७ वैशाख २०८० १५:५४ | Wednesday, May 10, 2023
१४ खर्ब ३३ अर्ब विदेशी विनिमय सञ्चिति

कठमाडौँ- चालु आर्थिक वर्षको चैतसम्म नेपालसँग १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको आर्थिक विवरणअनुसार उक्त विदेशी विनिमय सञ्चिति रहेको हो।

गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र बैंकका अनुसार असार मसान्तमा मुलुकको विदेशी विनिमय सञ्चित १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको थियो।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको आयातका आधारमा उक्त सञ्चितिले ११ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले उल्लेख गरेको छ। विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रकाशित: २७ वैशाख २०८० १५:५४ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast