१२ खर्ब राजस्व संकलनको लक्ष्य (बजेटको पूर्णपाठ)

हिमाल प्रेस १५ जेठ २०८० १९:४७ | Monday, May 29, 2023
१२ खर्ब राजस्व संकलनको लक्ष्य (बजेटको पूर्णपाठ) संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा १२ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलनको लक्ष्य लिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्।

१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको सरकारले बजेटको स्रोतको रूपमा उक्त राजस्व संकलन गर्ने लक्ष्य लिएको हो।

त्यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ स्रोत जुटाउने लक्ष्य अर्थ मन्त्रालयले लिएको छ। त्यस्तै आन्तरिक तथा वैदेशिक ऋणमार्फत ४ खर्ब ५२ अर्ब रुपैयाँ जुटाउने लक्ष्य सरकारले लिएको छ। अर्थमन्त्री महतले सोमबार संघीय संसद्को दुबै सदनसमक्ष आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरे थिए।

आगामी आर्थिक वर्षमा पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको १७।२५ प्रतिशत हो। चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको ६५‍.२० प्रतिशत हो।

वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको १७‍.५५ प्रतिशत रकम हो। चालु आर्थिक वर्ष २०७९/८०को तुलनामा उक्त बजेट न्यून हो। चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरेको थियो।

बजेटको पूर्णपाठ

प्रकाशित: १५ जेठ २०८० १९:४७ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast