‘हल्कारा’को चिठी लेखन प्रतियोगिता विजेताको नाम सार्वजनिक

हिमाल प्रेस ९ जेठ २०८० १५:४४ | Tuesday, May 23, 2023
‘हल्कारा’को चिठी लेखन प्रतियोगिता विजेताको नाम सार्वजनिक

काठमाडौँ- फिल्म ‘हल्कारा’ले आयोजना गरेको चिठी लेखन प्रतियोगिता विजेताको नाम सार्वजनिक गरिएको छ। प्रतियोगितामा भाग लिएकामध्ये तीन जना विजेताको नाम सार्वजनिक गरिएको हो।

निर्माण टिमका अनुसार कास्कीकाे अन्नपूर्ण गाउँपालिका-१ का विक्रम परियार प्रतियाेगितामा प्रथम भएका छन्। परियारले नगद ५० हजार रुपैयाँसहितको पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै काठमाडौँस्थित नयाँ बानेश्वरकी बबिता थापाले द्वितीय पुरस्कार र मकवानपुरकाे थाहा नगरपलिका–६ का बासुदेव अर्यालले तृतीय पुरस्कार प्राप्त गरे।

उनीहरूले क्रमश ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। विजेतालाई सम्पर्क गरी रकम प्रदान गर्ने निर्माण टिमले बताएको छ। प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भैसकेका, आफूले निकै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो।

उक्त पत्र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने शर्त राखिएको थियो। प्रतियोगिताको निर्णायकहरूमा कवि तथा साहित्यकार विप्लव प्रतीक, फिल्मकर्मी मनोजबाबु पन्त र अभिनेता महेश त्रिपाठी थिए।

गत वैशाख १७ गते प्रदर्शन भएको फिल्ममा गाउँमा चिठी पुर्‍याउने हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथा समेटिएको छ।

विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी, बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाललगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: ९ जेठ २०८० १५:४४ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast