हलमा ‘डाकिनी’, ‘ए सुन साथी’ र ‘फास्ट एक्स’

हिमाल प्रेस ५ जेठ २०८० ११:०९ | Friday, May 19, 2023
हलमा ‘डाकिनी’, ‘ए सुन साथी’ र ‘फास्ट एक्स’

काठमाडौँ- आजदेखि फिल्म हलमा नेपाली र अंग्रेजी गरी तीन फिल्म प्रदर्शनमा आएको छ। नेपाली फिल्म ‘डाकिनी’ र ‘ए सुन साथी’हुन् भने अंग्रेजी फिल्म ‘फास्ट एक्स’ प्रदर्शन भएको हो।

बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) को निर्देशनमा बनेको फिल्म ‘डाकिनी’ ड्रामा जनरामा बनेको छ।

भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलको मुख्य भूमिका रहेको फिल्ममा नेपाली कलाकार कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँलगायतको अभिनय छ। म्याक्स दीपेश खत्री निर्माता रहेको फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ।

यो फिल्म नेपालका सीमित हलहरू क्यूएफएक्सको छायाँ सेन्टर र लबिम मल, एफक्यूब सिनेमाज्, बिग मुभिज र सीके सिनेमामा मात्र प्रदर्शन भएको छ।

अर्को नेपाली फिल्म ‘ए सुन साथी’का लेखक तथा निर्देशक राम राघव आचार्य हुन्। वर्षा शिवाकोटी र रमेश बानियाँको मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार आयान खड्का, स्व.जयनन्द लामा, सुशील पोखरेल, रमेश अधिकारी, बिमला गिरी, बाल कलाकार कृष्मा खड्का र इभान सञ्जेलको अभिनय छ।

लभस्टोरी, थ्रिलर र कमेडी जनरामा बनेको फिल्म बिना कार्की र सन्तोषकुमार राईको संयुक्त लगानीमा बनेको छ।

एक्सन र क्राइम जनरामा बनेको अंग्रेजी फिल्म ‘फास्ट एक्स’ पनि नेपाली हलहरूमा प्रदर्शन भएको छ। लुइस लेटरियरको निर्देशनमा बनेको फिल्ममा विन डिजेल, मिशेल रोड्रिग्वेज, जेनस मोमोआ, जोन सेनालगायत कलाकारहरूको अभिनय छ।

योसँगै हलहरूमा अन्य नेपाली फिल्म जारी, हल्कारा, ज्याकी, प्रसाद २, हिन्दी फिल्म द केरला स्टोरी, छत्रपति, अंग्रेजी फिल्म गार्डियन्स अफ द ग्यालक्सी, इभिल डेड राइज चलिरहेका छन्।

प्रकाशित: ५ जेठ २०८० ११:०९ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast