स्वास्थ्य शिविरमा जाँदै गरेको बस दुर्घटना हुँदा ७ घाइते

हिमाल प्रेस २ जेठ २०८० ७:४४ | Tuesday, May 16, 2023
स्वास्थ्य शिविरमा जाँदै गरेको बस दुर्घटना हुँदा ७ घाइते

धनगढी- दार्चुलाको गोकुलेश्वर अस्पतालमा हुने शल्यक्रिया शिविरमा जाँदै गरेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालको बस दुर्घटनामा परेको हो।

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरलालिका–८अनारखोलीमा बस दुर्घटना भएको हो। सोमबार राति १० बजे भे १क ३१८ नम्बरको उक्त बस अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो।

बसमा १७ जना सवार रहेकोमा ७ जना घाइते भएको नेपालगञ्ज मेडिकल कलेज स्वास्थ्य शिविर संयोजक अब्दुल हुसेन खानले बताए। उनका अनुसार स्त्री रोग विशेषज्ञ सहित २ जना चिबित्सक, ३ जना नर्सिङ सहित अन्य कर्मचारी घाइते भएका छन्।
घाइते २ जना कोहलपुर नै रिफर गर्ने खानले बताए।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दिपालयको आयोजनामा गोकुलेश्वर अस्पतालमा महिलाको पाठेघर खस्ने समस्याको शल्यक्रिया स्वास्थ्य शिविर आयोजना गरेको थियो।

प्रकाशित: २ जेठ २०८० ७:४४ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast