स्वास्थ्य मन्त्रालयले भन्यो : चुरोट, बिंडीका मूल्य भएको पोस्टर पसलमा नटाँस्नू

हिमाल प्रेस २७ वैशाख २०८० ९:०० | Wednesday, May 10, 2023
स्वास्थ्य मन्त्रालयले भन्यो : चुरोट, बिंडीका मूल्य भएको पोस्टर पसलमा नटाँस्नू सांकेतिक तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै सुर्तीजन्य कम्पनीहरूले किराना तथा होलसेल पसललगायतको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै त्यसो नगर्न भनेको हो।

कम्पनीहरूले गरेको उक्त कार्य सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ प्रतिकुल रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट तुरुन्त हटाउन निर्देशन दिएको छ।

अन्यथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र जनस्वास्थ्य ऐन बमोजिम सजाय र जरिवाना हुने सूचनामा उल्लेख छ।

 

प्रकाशित: २७ वैशाख २०८० ९:०० | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast