स्वदेशमै रोजगारी र शिक्षाको गुणस्तर सुधार्छौँ : प्रधानमन्त्री

हिमाल प्रेस ४ जेठ २०८० १३:२५ | Thursday, May 18, 2023
स्वदेशमै रोजगारी र शिक्षाको गुणस्तर सुधार्छौँ : प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षको ९ महिनामा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको बताएका छन्।

सांसद ईश्वरी न्यौपानेले बिहीबारको संसद् बैठकमा सोधेको प्रश्नका जबाफ दिँदै उनले गत आर्थिक वर्षको तुलनामा २४.२ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको बताएका हुन्। उनले नेपाली विद्यार्थी पढ्न जाँदा ६७ अर्ब १९ करोड बाहिरिएको पनि बताए।

यस्तै उनले सरकारी विद्यालयको गुणस्तर वृद्धि गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताए। ‘सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध छ, विद्यालयको भौतिक सुधार, शिक्षकको क्षमता विकासमा जोड दिइएको छ,’ उनले भने, ‘स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने र शिक्षा प्रणाली सुदृढ गराउनेमा सरकार प्रतिबद्ध छ।’

प्रकाशित: ४ जेठ २०८० १३:२५ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast