स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने योजना छ : अर्थमन्त्री डा.महत

हिमाल प्रेस २७ वैशाख २०८० २१:११ | Wednesday, May 10, 2023
स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने योजना छ : अर्थमन्त्री डा.महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको सीमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले कनिका छरेजस्तो गरी बजेट नछर्ने बताएका हुन्।

आफूलाई बजेट छर्न दबाब रहे पनि आफूले त्यस्तो नगर्ने उनको भनाइ थियो। एउटा आर्थिक वर्षमा एउटा देखिने काम गर्नुपर्ने उनले बताए। सरकारसँग रहेकाे स्रोत सुनिश्चिताअनुसार काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

अर्थमन्त्री महतले बजेटमा क्षेत्रगत मात्रै प्राथमिकता नभएर क्षेत्रगतभित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताए।

अहिले सरकारलाई बजेटको चुनौती भनेकै साधन र स्रोतको सीमिततामा बस्नुपर्ने रहेको उनको भनाइ थियो। थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्वाकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौती सरकारलाई रहेको उनको भनाइ थियो।

प्रकाशित: २७ वैशाख २०८० २१:११ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast