स्थानीयले तहले सीप र बजार प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल

हिमाल प्रेस २८ वैशाख २०८० १३:५० | Thursday, May 11, 2023
स्थानीयले तहले सीप र बजार प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबर्द्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गरे।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा उनले सीप बढाउन, स्थानीय सीपअनुसारको उत्पादन बढाउन र उत्पादित सामग्रीको बजार बढाउनसके समृद्धिको यात्राले गति लिने उल्लेख गरे।

‘जनतालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादित सामग्रीलाई बजारसँग जोडौँ’ रिजालले भने, ‘स्थानीय तहले यसको नेतृत्व लिउन्, सरकार सहयोग गर्न तत्पर छ।’

प्रत्येक स्थानीय तहमा अब औद्योगिक ग्रामको अवधारणाअनुसार कामअघि बढाउन सम्बद्ध जनप्रतिनिधिले योजना बनाउन आवश्यक रहेको रिजालको भनाइ छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले अब दलहरुका नियमित सांगठनिक कामका योजनामा पनि जनताको जीवनस्तर उकास्ने स्पष्ट मार्गचित्र र तदनुरूपको काम देखिनपर्ने उल्लेख गरे।

प्रकाशित: २८ वैशाख २०८० १३:५० | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast