सिन्धुलीमा नेपाली सेनाको अभिमुखीकरण सम्पन्न

हिमाल प्रेस २८ वैशाख २०८० २१:०४ | Thursday, May 11, 2023
सिन्धुलीमा नेपाली सेनाको अभिमुखीकरण सम्पन्न

काठमाडौँ- नेपाली सेनाले गरेको रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न भएको छ। रक्षा मामिलासम्बन्धी संवाददातालाई लक्षित गर्दै सिन्धुलीमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको हो।

अभिमुखीकरणमा सेनाको सांगठनिक स्वरूप, कार्य सञ्चालन प्रक्रियालगायत विषयमा जानकारी गराइएको सेनाले जानकारी दिएको छ। वैशाख २५ गतेदेखि सिन्धुलीको श्री नं. ९ बाहिनी अड्डामा अभिमुखीकरण कार्यक्रम गरिएको हो।

अभिमुखीकरणमा नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूबारे पनि जानकारी गराइएको थियो। मध्यपूर्वीपृतनापति उपरथी प्रेमध्वज अधिकारीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरे। सो क्रममा उनले अन्तरक्रियात्मक कार्यक्रमले सैनिक र नागरिक सम्बन्ध विस्तार हुने बताए।

प्रकाशित: २८ वैशाख २०८० २१:०४ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast