पोखरा- पोखराका महाकाव्यकार/ साहित्यकार जनार्दनशरण त्रिपाठीको ८० वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि बिरामी परेका उनको शुक्रबार बिहान साढे ४ बजे आफ्नै निवास हेमजामा निधन भएको हो।
उनको आजै सेती नदी किनारमा अन्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
हेमजा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष त्रिपाठी विभिन्न संघसंस्थामा आबद्ध थिए। उनी बिरामी परेकी बेलामा घरमै पुगेर गण्डकी प्रज्ञा प्रतिष्ठान लगायत संघसंस्थाले उनको साहित्य क्षेत्रमा योगदानको कदर गर्दै सम्मान गरेका थिए।
दुई वर्षअघि उनले एकै पटक दुई कृति विमोचन गरेका थिए। नेपाली सांस्कृतिक लेख शीर्षक्को पुस्तक तथा नेपाली माटामा शीर्षकको नाटक ल्याएका थिए । उनको थुप्रै पुस्तक प्रकाशित छन्।
प्रकाशित: ५ जेठ २०८० ९:४३ | Friday, May 19, 2023
प्रतिक्रिया




