सामसङको पहिलो चरणको कोडिङ र प्रोग्रामिङ कोर्स सम्पन्‍न

हिमाल प्रेस १२ जेठ २०८० १३:३० | Friday, May 26, 2023
सामसङको पहिलो चरणको कोडिङ र प्रोग्रामिङ कोर्स सम्पन्‍न

काठमाडौँ– सामसङको फ्ल्यागसिप सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसले पहिलो चरणको कोर्स सम्पन्न गरेको छ।

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स सम्पन्न भएको हो। यो कार्यक्रमअन्तर्गत अर्को ब्याचका विद्यार्थीले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन्।

सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो।

यस कार्यक्रमअन्तर्गत सामसङले आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूमा तालिम दिइरहेको छ।

प्रकाशित: १२ जेठ २०८० १३:३० | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast