साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा

हिमाल प्रेस १ जेठ २०८० १९:०४ | Monday, May 15, 2023
साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा काठमाडौँबाट विभिन्‍न स्थान जाँदै गरेको साझा बस। फाइल तस्बिर

काठमाडौँ- साझा यातायातले सोमबारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ। सोमबार ललितपुरस्थित पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याइएको हो।

सेवाको सुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे। यसअघि परीक्षणका रूपमा साझाले गत असारदेखि ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको थियो।

सोमबारबाट सञ्चालनमा ल्याएको रुटमा थप १५ वटासम्म बिजुली बस चलाउने साझाको योजाना छ। साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयले अन्य बस पनि थप्दै जाने र सेवालाई थप व्यवस्थित बनाउने योजना रहेको बताए।

चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ करोड ८३ लाख ४५ हजार ७सय रुपैयाँमा किनेको थियो। चार्जिङ स्टेसनको अभावमा ४० मध्ये ६ वटा विद्युतीय बसमात्र सञ्चालनमा आएका छन्। ३४ वटा विद्युतीय बस अझै थन्किएर बसेका छन्।

प्रकाशित: १ जेठ २०८० १९:०४ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast