सांसद सोविता गौतमको प्रश्न : सरकार कति बालबालिकाको मृत्यु कुरिरहेको छ?

हिमाल प्रेस १ जेठ २०८० १४:१७ | Monday, May 15, 2023
सांसद सोविता गौतमको प्रश्न : सरकार कति बालबालिकाको मृत्यु कुरिरहेको छ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ-२ का विभिन्न क्षेत्रको सडक ढल तथा खहरे व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै गौतमले वर्खायाम आइसके पनि विपद्‌बारे सरकारले तयारी नगरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्।

‘काठमाडौँ २ अन्तर्गत पेप्सीकोला, साँखु-थली सडक खण्डको खहरे व्यवस्थापनमा म सरकारको गम्भी ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्, ‘बर्खायाममा मान्छे बगाउँछ। घटना हुँदा सरकार संवेदनशील हुन्छ व्यवहारमा हुँदैन। सरकार ढल खहरे ढल व्यवस्थापन गर्न कति जनाको मृत्यु कुरिरहेको छ? म सरकाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले भौतिक पूर्वाधार विकास मन्त्रालय र शहरी विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्दा क्षति भइरहेको पनि बताइन्।

प्रकाशित: १ जेठ २०८० १४:१७ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast