सांसद विकास कोषप्रति सांसदकै विरोध, सुमनाले भनिन् : गलत, गलत, गलत निर्णय

हिमाल प्रेस १५ जेठ २०८० १९:२८ | Monday, May 29, 2023
सांसद विकास कोषप्रति सांसदकै विरोध, सुमनाले भनिन् : गलत, गलत, गलत निर्णय

काठमाडौँ- निकै विवादित बनेको सांसद विकास कोषको सांसद सुमना श्रेष्ठले विरोध गरेकी छन्। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा प्रत्येक सांसदलाई पाँच करोड रुपैयाँका दरले सांसद विकास कोषको नाममा विनियोजन गरेको घोषणालगत्तै सांसद श्रेष्ठले आपत्ति जनाएकी हुन्।

रास्वपाकी सांसद सुमनाले भनिन्, ‘गलत, गलत, गलत निर्णय। सांसदको काम के हो अर्थमन्त्रीज्यू? किन भौतिक प्रोजेक्टको म्यानेजर बनाउन खोज्नभएको? किन स्थानीय सरकारको कार्य गर भन्ने? किन चुनाव लक्षित बजेट? नीतिगत भ्रष्टाचार लाग्छ- सांसद विकास कोष।’

सांसदमार्फत खर्च हुने उक्त कोषबाट जथाभावी खर्च भएको भन्दै यसअघि हटाइएको थियो। सांसद विकास कोषका लागि जम्मा बजेट ८ अर्ब २५ करोड विनियोजन गरिएको छ।

सांसद्‌ विकास कोष ब्युँतियो

 

प्रकाशित: १५ जेठ २०८० १९:२८ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast