सांसद विकास कोषको बचाउमा अर्थमन्त्री महत

हिमाल प्रेस १६ जेठ २०८० १५:०८ | Tuesday, May 30, 2023
सांसद विकास कोषको बचाउमा अर्थमन्त्री महत डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ– मंगलबार सार्वजनिक बजेटमार्फत सांसद विकास कोष ब्युँताएका अर्थमन्त्री डा.प्रकाशशरण महत त्यसको बचाउमा लागेका छन्। सांसद विकास कोषको चौतर्फी आलोचना भएकोबारे पत्रकारले प्रश्न सोधेपछि महत बचाउमा उत्रिएका हुन्।

अर्थमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘ठेक्का मन्त्रालयले लगाउँछ, सांसद्ले केही गर्न सक्दैन । सम्बन्धित मन्त्रालयले लगाउने हो।’ महतले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड खर्च गर्न पाउने गरी बजेटको व्यवस्था मिलाएको घोषणा गरेका थिए।

सांसद विकास कोषमार्फत पहिले जस्तो टुक्रे आयोजना छनोट गर्न नपाइने भनिएको छ। एक परियोजना एक करोडको हुनुपर्नेछ। यस हिसाबले पाँच वटामात्रै आयोजनाका लागि पाँच करोड रुपैयाँ खर्चिनुपर्नेछ। आयोजना छनोट भने प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक सांसद र त्यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा हुनुपर्नेछ। सांसद विकास कोषका लागि जम्मा बजेट ८ अर्ब २५ करोड विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिएका छन्।

त्यस्तै उनले तलब खुवाउनै नसक्ने अवस्था छ भनेर उडन्ते कुरा गरेको भन्दै आपत्ति जनाए। उनले तलब, भत्ताका लागि स्रोत जुटाइने बताए।

प्रकाशित: १६ जेठ २०८० १५:०८ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast