सांसद बन्‍न रास्वपालाई पैसा बुझाएको भन्‍ने समाचार आधारहीन : ढाकाकुमार

हिमाल प्रेस १२ जेठ २०८० ९:४८ | Friday, May 26, 2023
सांसद बन्‍न रास्वपालाई पैसा बुझाएको भन्‍ने समाचार आधारहीन : ढाकाकुमार ढाकाकुमार श्रेष्ठ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदबाट निलम्बनमा परेका डा. ढाकाकुमार श्रेष्ठले आफूले सांसद बन्न पार्टीलाई पैसा बुझाएको भन्ने समाचार आधारहीन भएको बताएका छन्।

एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले यस्तो बताएका हुन्। रास्वपाको समानुपातिक सांसद बन्न ३ करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्दै केही अनलाइन मिडियाहरूले तथ्य र आधारहीन समाचार सम्प्रेषण गरेको उनले जनाएका छन्।

सो विषयमा आफूले कुनै मिडियाहरूसँग नबोलेकोले र यस्तो तथ्यहीन समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘मेरो नाम जोडेर नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु। साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्म निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले लेखेका छन्।

प्रकाशित: १२ जेठ २०८० ९:४८ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast