सांसद बडूको प्रस्ताव : प्रहरी भर्ना जिल्लाबाटै हुने व्यवस्था गरौँ

हिमाल प्रेस २ जेठ २०८० १६:३१ | Tuesday, May 16, 2023
सांसद बडूको प्रस्ताव : प्रहरी भर्ना जिल्लाबाटै हुने व्यवस्था गरौँ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन्। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल प्रहरीको भर्तीका लागि अन्तरवार्ता काठमाडौंमा गर्नेगरी बोलाइएको भन्दै आपत्ति जनाए।

उनले अहिले केही दिनपछि हुने प्रहरी जवानको अन्तर्वार्ताका लागि काठमाडौं बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए। उनले दुर्गम जिल्लाबाट आउने नागरिकलाई ऋणको भारी बोकाउन नहुने बताए।

‘अब दुई–तीन दिनपछि नेपाल प्रहरीको भर्तीका लागि अन्तरवार्ता भइरहेको छ। प्रहरी जवानहरूको पनि छनोट हुने गर्छ, कार्यालय सहयोगीदेखि लिएर सानो पोस्टको अन्तरर्वाता भइरहेको छ। त्यसले ठुलो भिड काठमाडौंमा भइरहेको छ, प्रहरी जवानको भर्ना जिल्ला जिल्लामा गर्नुपर्छ, अहिलेसम्म उनीहरूले प्रदेशमा गरेर आफ्नो आफ्नो तर अन्तरवार्ताका लागि काठमाडौं सबैलाई बोलाइयो,’ उनले भने।

सांसद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै हुनुपर्ने पद्धतिको विकास गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराए।

प्रकाशित: २ जेठ २०८० १६:३१ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast