सांसदका लागि प्रदेश सरकारले ल्यापटप खरिद गर्ने निर्णयमा एमालेको असहमति

हिमाल प्रेस ८ जेठ २०८० २०:२४ | Monday, May 22, 2023
सांसदका लागि प्रदेश सरकारले ल्यापटप खरिद गर्ने निर्णयमा एमालेको असहमति

इटहरी- नेकपा एमाले काेशी प्रदेश संसदीय दलले प्रदेश सरकारले सांसदका लागि भन्दै ल्यापटप खरिद कार्य स्थगित गर्न माग गर्ने भएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमाले संसदीय दलको बैठकले ल्यापटप हाललाई आवश्यक नभएको जानकारीसहित संसद सचिवालयलाई पत्राचार गर्ने निर्णय गरेको बताए।

‘अघिल्लो आर्थिक वर्षमा सरकारले बजेट तथा कार्यक्रममा यो विषय उल्लेख भएको रहेछ। त्यही बजेट र कार्यक्रमको आधारमा सचिवालयले ल्यापटप खरिद गर्ने प्रक्रिया सुरु गरेको रहेछ,’ भण्डारीले भने, ‘त्यसकारण हामीले दलको धारणा सार्वजनिक गर्नुपर्छ भन्ने लाग्यो। अहिले पूर्वाधार विकास र जनसेवाको क्षेत्रमा बजेट अभाव भइरहेको बेला अहिले यो चाहिंदैन भन्ने निर्णय गरेका छौँ।’

अहिलेका लागि कम्प्युटरसँग सम्बन्धीत काम गर्न आफूहरूसँग पिए रहेको, संसद सचिवालयले उपलब्ध गराएको दलको कार्यालयमा कम्प्युटर पनि रहेको, कतिपय काम एन्ड्रोइड मोबाइलबाटै पनि हुने भएकोले ल्यापटप नचाहिने भण्डारीले बताए।

उनले ल्यापटप खरिद गर्न लागेको विषयमा वर्तमान सरकारप्रति भइरहेको आलोचना र टिप्पणीप्रति दुःख व्यक्त गरे।

प्रकाशित: ८ जेठ २०८० २०:२४ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast