सहरी क्षेत्रमा उडान गर्ने दुई जहाज किन्दै निगम

हिमाल प्रेस २८ वैशाख २०८० १३:१७ | Thursday, May 11, 2023
सहरी क्षेत्रमा उडान गर्ने दुई जहाज किन्दै निगम

काठमाडौँ- नेपाल वायु सेवा निगमले सहरी क्षेत्रमा उडान गर्ने खालका दुई जहाज किन्ने भएको छ।

जहाज खरिदका लागि गठन गरिएको उपसमितिले प्रतिवेदन तयार पारी निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बुझाएको छ। सोही प्रतिवेदनका आधारमा नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ।

अहिले निगमसँग सहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज छैनन्। नयाँ जहाज खरिदपछि धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, विराटनगरलगायत सहरमा उडान गर्ने निगमको योजना छ।

प्रकाशित: २८ वैशाख २०८० १३:१७ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast