 
                             
                                            काठमाडौँ- नेपाल वायु सेवा निगमले सहरी क्षेत्रमा उडान गर्ने खालका दुई जहाज किन्ने भएको छ।
जहाज खरिदका लागि गठन गरिएको उपसमितिले प्रतिवेदन तयार पारी निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बुझाएको छ। सोही प्रतिवेदनका आधारमा नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ।
अहिले निगमसँग सहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज छैनन्। नयाँ जहाज खरिदपछि धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, विराटनगरलगायत सहरमा उडान गर्ने निगमको योजना छ।
                            प्रकाशित: २८ वैशाख  २०८० १३:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 