सर्वोच्चले माग्यो रविले अमेरिकी पासपोर्ट त्यागेको प्रमाण

हिमाल प्रेस २ जेठ २०८० १९:४३ | Tuesday, May 16, 2023
सर्वोच्चले माग्यो रविले अमेरिकी पासपोर्ट त्यागेको प्रमाण

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग अमेरिकी राहदानी त्यागेको प्रमाण पेस गर्न आदेश दिएको छ।  युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै प्रमाण उपलब्ध गराउन आदेश दिएको हो।

‘निवेदक युवराज पौडेल सफल र प्रत्यार्थी/विपक्षी महान्यायाधिवक्तको कार्यालय रामशाहपथ काठमाडौँसमेत भएको उत्प्रेषण समेत विषयको रिट निवेदनमा मिति २०७९/१२/२२ मा प्रस्तुत मुद्दाका प्रत्यर्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ जहाँ भए पनि झिकाइ पेस गर्नु भनी भएको आदेशनुसार प्रस्तुत पत्र लेखिएको छ,’ सर्वोच्चको पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: २ जेठ २०८० १९:४३ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast