सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध देखिएन : पृथ्वीसुब्बा गुरुङ

हिमाल प्रेस ९ जेठ २०८० १४:१४ | Tuesday, May 23, 2023
सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध देखिएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ- नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा संघीयता कार्यान्वयनको ठोस प्रतिबद्धता नआएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले संघीयताका विषयमा हचुवा कुरा आएको बताए।

‘संघीयताको कार्यान्वयनमा के प्रतिबद्धता छ? संघीयताको कार्यान्वयन कसरी हुन्छ? केबल पाँच प्रतिशत प्रदेश छुट्ट्याएर संघीयताको कार्यान्वयन हुन्छ?’ उनले सोधे ।

प्रदेशलाई कुल बजेटको ३३ प्रतिशत छुट्ट्याउनुपर्नेमा उनले जोड दिए। संघीय निजामती सेवा ऐन नल्याएको, प्रदेशको दरबन्दी किटान नभएको उनले उल्लेख गरे। संघीयताको मूलमर्म प्रदेश सरकार भएको उनले बताए। गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन्। मुख्यमन्त्री हुँदा संघ सरकारसँग प्रदेशको अधिकार माग्ने विषयमा पनि उनी खरो प्रस्तुत भएका थिए।

प्रकाशित: ९ जेठ २०८० १४:१४ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast