सरकारले २०८० मा लगानी सम्मेलन गर्ने

हिमाल प्रेस १५ जेठ २०८० १७:२३ | Monday, May 29, 2023
सरकारले २०८० मा लगानी सम्मेलन गर्ने

काठमाडौँ– सरकारले २०८० सालमा लगानी सम्मेलन गर्ने भएको छ। द्रुत मार्ग, सुरुङमार्ग, जलाशय र जलविद्युत लगायतमा वैदेशिक लगानी खोजिने बताइएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन्। उनले विदेशी लगानीका लागि लगानी पूर्वाधार तय गरिने बताएका छन्। स्थानीय मुद्रामा आधारित हरित फन्ड र ऊर्जा फन्डबाट पुँजी जुटाइने बताएका छन्।

अन्तर्राष्ट्रिय वित्त बजारका लागि कानुनी व्यवस्था गर्नुका साथै नेपाली लगानीकर्तालाई विदेशी संस्थाबाट ऋण पाउन सहजीकरण गरिने बताएका छन्।

यसैगरी विदेशी लगानीका लागि लाभांसमा सरलीकृत गरिने पनि अर्थमन्त्री महतले उल्लेख गरे।

प्रकाशित: १५ जेठ २०८० १७:२३ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast