‘विभिन्न काण्डको अनुसन्धान रोक्न गठबन्धन फेर्नुभएको हो प्रधानमन्त्रीज्यू?’

हिमाल प्रेस ७ जेठ २०८० १३:२६ | Sunday, May 21, 2023
‘विभिन्न काण्डको अनुसन्धान रोक्न गठबन्धन फेर्नुभएको हो प्रधानमन्त्रीज्यू?’

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार रोक्छ भनेर पत्यार नलागेको बताएका छन्। आइतबार नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सरकार भ्रष्टाचार रोक्न कस्सिएझैँ गरे पनि वास्तवमा ढाकछोप गर्न लागेको बताएका हुन्।

‘नीति तथा कार्यक्रममा सरकारी जग्गा अतिक्रमण गर्नेविरुद्धको छानबिन, अनुसन्धान र मुद्दा दायर गर्ने विषय समावेश गर्न पनि गर्न सकेको छैन,’ उनले भने, ‘सरकार अतिक्रमण गर्नेहरूविरुद्धको अनुसन्धान रोक्न चाहेको देखिन्छ। प्रधानमन्त्रीले गठबन्धन यसैका लागि फेर्नुभएको त होइन कहीँ?’

कुनै कालखण्डको भ्रष्टाचार पनि छानबिनको दायरामा ल्याउनुपर्ने उनले धारणा राखे। ‘ललिता निवास, मातातिर्थ जग्गा काण्ड, धोबीखोला काण्ड, ओम्नी, क्यान्टोन्मेन्ट काण्ड, सर्दु जलाधार सट्टाभर्ना काण्ड, वाइडबडी काण्डलगायत विवादित छन्। यस्ता विषयहरू अनुसन्धान र मुद्दा दायर गर्ने कार्य यथाशीघ्र गरिनेछ भनेर यो सरकारले किन भन्न नसकेको ?,’ उनले भने, ‘भ्रष्टाचारी एक दिन कठ्घरामा पुग्नेछ भन्ने जनतामा स्थापित गराऔँ, भ्रष्टाचार एकछिन ढाकछोप गरिए पनि इतिहासले गुडबाई भन्दैन, फेरि फर्केर आउँछ।’

प्रकाशित: ७ जेठ २०८० १३:२६ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast