सरकारले उखुलाई उधारो बाली बनाइदियो : अमरेशकुमार सिंह

हिमाल प्रेस ७ जेठ २०८० ११:३५ | Sunday, May 21, 2023
सरकारले उखुलाई उधारो बाली बनाइदियो : अमरेशकुमार सिंह अमरेशकुमार सिंह

काठमाडौँ- सांसद अमरेशकुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आज (आइतबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले उखु किसानको समस्या समाधानमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन्।

‘नगदे बाली भनिएको उखुलाई सरकारले उधारो बाली बनाइदियो, किसानले भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘धान बाली लगाउने बेला भएको छ, पैसा छैन मल, बिउ कसरी किन्ने?’

उनले किसानका लागि मल पनि समयमै उपलब्ध गराउन माग गरे।

प्रकाशित: ७ जेठ २०८० ११:३५ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast