 अमरेशकुमार सिंह
                             अमरेशकुमार सिंह 
                                            काठमाडौँ- सांसद अमरेशकुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आज (आइतबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले उखु किसानको समस्या समाधानमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन्।
‘नगदे बाली भनिएको उखुलाई सरकारले उधारो बाली बनाइदियो, किसानले भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘धान बाली लगाउने बेला भएको छ, पैसा छैन मल, बिउ कसरी किन्ने?’
उनले किसानका लागि मल पनि समयमै उपलब्ध गराउन माग गरे।
                            प्रकाशित: ७ जेठ  २०८० ११:३५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 