सरकारको नीति तथा कार्यक्रम : हरेक विद्यालयमा खेल शिक्षक राखिने

हिमाल प्रेस ५ जेठ २०८० १८:५९ | Friday, May 19, 2023
सरकारको नीति तथा कार्यक्रम : हरेक विद्यालयमा खेल शिक्षक राखिने

काठमाडौँ- सरकारले देशभरका विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्‌मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने उल्लेख छ।

सरकारले वार्षिक क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने कार्यक्रम पनि ल्याएको छ।  सरकारले आगामी दुई वर्षभित्र त्रिवि क्रिकट मैदान र मूलपानी क्रिकट रंगशालाको स्तरोन्नति सक्ने बताएको छ।

नीति तथा कार्यक्रममा यी दुई रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने उल्लेख छ।

प्रकाशित: ५ जेठ २०८० १८:५९ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast