सरकारको नीति तथा कार्यक्रमअघि राष्ट्रियसभा बैठक बस्दै

हिमाल प्रेस ५ जेठ २०८० ९:३० | Friday, May 19, 2023
सरकारको नीति तथा कार्यक्रमअघि राष्ट्रियसभा बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- सरकारको नीति तथा कार्यक्रमअघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्नुअघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे बस्नेछ।

सो बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली–२०७५ संशोधन मस्यौदा समितिमा राष्ट्रियसभा सदस्यहरूको मनोनयनसहित समिति’ गठन सम्बन्धि प्रस्तावलाई गोपीबहादुर सार्की आछामीले प्रस्तुत गर्ने छन्।

प्रकाशित: ५ जेठ २०८० ९:३० | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast