 
                             
                                            काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मातहतका शिक्षणसंस्थालाई शैक्षिक सत्र २०८०/८१ को नवीकरणका लागि आवेदन दिन निर्देशन दिएको छ।
सीटीईभीटीले सूचना जारी गर्दै नियमित शुल्कमा जेठ १७ गतेसम्म र विलम्ब शुल्क (डबल दस्तुर) मा २४ गते भित्र आवेदन दिन सूचित गरेको हो।परिषद्बाट सम्बन्धन र स्वीकृती लिई सञ्चालनमा रहेका प्रि-डिप्लोमा र प्रमाण पत्र-डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन गरिरहेका संस्थाहरूले सम्बन्धन स्वीकृति पाएको मितिले दुई वर्षपछि प्रत्येक वर्ष कार्यक्रम नवीकरण गर्नुपर्ने व्यवस्था छ।
सीटीईभीटीले अनुगमनबाट योग्य ठहरिएका संस्थाका कार्यक्रमहरूको नवीकरण गर्ने जनाएको छ।

                            प्रकाशित: ३ जेठ  २०८० १९:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 