 
                             
                                            काठमाडौँ– चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सार्वजनिक भएको ‘आफ्नो आफ्नो दुःख’ बोलको गीत युट्युब म्युजिकतर्फ ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ। गीत २६ मे अर्थात जेठ १२ गते शुक्रबार पशुपति शर्माको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।
गायक तथा गीतकार पशुपति शर्माको शब्द र संगीत रहेको गीतको संगीत संयोजन बिनोद पराजुलीले गरेका छन्। गीत सार्वजनिक भएको २४ घण्टा नहुँदै ट्रेन्डिङमा परेको थियो। समाचार तयार पार्दासम्म गीत पाच लाखभन्दा बढिले हेरिसकेका छन्।
दुर्गा पौडेलको छायांकन र निर्देशन साथै प्रकाश धमलाको सम्पादनमा तयार भएको गीतको भिडियोमा गायिका समीक्षाकै अभिनय छ। यसअघि गीतको मेल भर्जन गायक पशुपति शर्माले नै गाएका थिए। मेल र फिमेल भर्जनमा सार्वजनिक गीतमा प्रयोग भएका शब्द फरक फरक छन्।
गायक शर्माकै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीत हालसम्म ९४ लाखभन्दा बढिले हेरिसकेका छन्। गीत २९ अक्टोबर अर्थात गतवर्ष कात्तिक १२ गते सार्वजनिक गरिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![बालबालिकाका लागि नयाँ गीत ‘हामी साना कोपिला’ सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/03/child-song.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 