सबै निर्वाचन क्षेत्रका जनताको अपेक्षा पूरा गर्न सांसद विकास कोष ब्युँतायौँ अर्थमन्त्री महत

हिमाल प्रेस १५ जेठ २०८० २१:३० | Monday, May 29, 2023
सबै निर्वाचन क्षेत्रका जनताको अपेक्षा पूरा गर्न सांसद विकास कोष ब्युँतायौँ अर्थमन्त्री महत संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौँ- सबै निर्वाचन क्षेत्रका जनताको अपेक्षा पूरा गर्न सांसद विकास कोष ब्युँताइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। आगामी आर्थिक वर्ष २०८०/८१ सोमबार बजेट सार्वजनिक गर्दै उनले सांसद विकास कोष ब्युँताइएको र त्यसका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका थिए। त्यसको बचाउ गर्दै उनले जनताको अपेक्षा पूरा गर्न ब्युँताइएको प्रतिक्रिया दिएका हुन्।

सरकारले ठूलो बजेट ल्याए पनि निर्वाचन क्षेत्रका जनताको अपेक्षाका आयोजना नसमेट्ने भएकाले सांसद विकास कोष ब्युँताएको उनको भनाइ थियो। सांसद विकास कोषमा प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँका दरले रकम विनियोजन गरिएको छ। सो बजेटको कार्यान्वयन सम्बन्धित निकायमार्फत गरिने अर्थमन्त्री महतले बताए।

‘१६५ निर्वाचन क्षेत्र छन्। त्यहाँका पनि जनताको अपेक्षाहरू छन्। ठूला–ठूला आयोजनाहरू परेका छन्,’ अर्थमन्त्री महतले भने, ‘सबै आयोजनाहरूले सबै क्षेत्रमा कभर नगरेको पनि हुनसक्छ। यो बजेट सरकारी संयन्त्रले नै कार्यान्वयन गर्छ। सांसदहरूको त्यहाँ निर्वाचन क्षेत्रका जनताको अपेक्षालाई मध्यनजर राखेर सिफारिस गर्ने जिम्मा हुन्छ।’

सांसद विकास कोषको रकम फुटकरमा नहुने र १ करोडभन्दा सानो आयोजना पनि छान्न नमिल्ने मन्त्री महतको भनाइ छ।

सांसद्‌ विकास कोष ब्युँतियो

प्रकाशित: १५ जेठ २०८० २१:३० | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast