सफा हिमाल अभियानमा बिरामी भएकालाई उपचारका लागि भारत लगियो

हिमाल प्रेस ९ जेठ २०८० २१:४३ | Tuesday, May 23, 2023
सफा हिमाल अभियानमा बिरामी भएकालाई उपचारका लागि भारत लगियो

काठमाडौँ- नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका तीनसहित चार जनालाई थप उपचारका लागि भारत लगिएको छ।

हिमाल आरोहणका क्रममा उद्धार गरिएका चार जनालाई थप उपचारका लागि मंगलबार भारतको नयाँ दिल्लीस्थित आर एन्ड आर अस्पतालमा पठाइएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

उनीहरूमध्ये तीन जना सगरमाथा आरोही रहेका र एक जना ल्होत्से हिमाल आरोहण दलमा संलग्न आरोही रहेका सेनाले जानकारी दिएको छ। चार जना सगरमाथा र एक जना ल्होत्सेबाट उद्धार गरिएकामा एक जना समान्य उपचारपछि घर फर्किसकेका छन्। बाँकी चार जनालाई थप उचारका लागि नयाँ दिल्ली लगिएको हो। रासस

प्रकाशित: ९ जेठ २०८० २१:४३ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast