सफा हिमाल अभियानका अगुवा सहसेनानी खत्रीको स्वास्थ्यमा सुधार

हिमाल प्रेस ३ जेठ २०८० २१:१४ | Wednesday, May 17, 2023
सफा हिमाल अभियानका अगुवा सहसेनानी खत्रीको स्वास्थ्यमा सुधार

काठमाडौँ– सफा हिमाल अभियान २०२३ का अगुवा नेपाली सेनाका सहसेनानी दिपेन्द्रसिंह खत्रीको स्वास्थ्यमा सुधार आएको छ।

अभियानअन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइ कार्यक्रममा सहभागी भई सगरमाथा आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका उनलाई आरोहणमा संलग्न अन्य टोलीहरू समेतको सहयोगमा क्याम्प-२सम्म ल्याई थप उपचारको लागि काठमाडौँ लगिएको हो।

उनीसँगै अन्य तीन जनालाई पनि उपचारको लागि काठमाडौँ ल्याइएकोमा हाल सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ।

सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कंदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी शेर्पा सहयोगी फूर्वा शेर्पाको निधन भएको र उनको पार्थीव शरीर घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भइरहेको पनि सेनाले जानकारी दिएको छ।

प्रतिकूल मौसमका बाबजुद किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानकार्य सुचारु रहेको बताइएको छ।

प्रकाशित: ३ जेठ २०८० २१:१४ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast