सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि भएन

हिमाल प्रेस १६ जेठ २०८० १४:०४ | Tuesday, May 30, 2023
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि भएन फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि अन्तिम सुनुवाइ भएन। अन्तिम सुनुवाइका लागि न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिए पनि सुनुवाइ नभएको हो। किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईले आज मुद्दाको सुनुवाइ गरेनन्।

अर्को पेसी कहिले तोक्ने भन्ने निर्णय अदालतले आजै सुनाउने प्रशासनले जनाएको छ। सन्दीप पक्षका वकिल मुद्दाको अर्को पेसी दक्षिण अफ्रिकाबाट फर्केपछि तोक्न अनुरोध गर्दै निवेदन दिने तयारीमा छन्। सन्दीप राष्ट्रिय क्रिकेट टिमका अन्य सदस्यसँगै बुधबार दक्षिण अफ्रिका जाने तालिका छ।

यसअघि गत मंसिर ७ देखि १४ गतेसम्म उक्त मुद्दाका पक्ष–विपक्ष दुवैको बयान र बकपत्र पनि राईकै इजलासमा भएको थियो। मुद्दाको अन्तिम फैसला आजै आए सन्दीप कि फेरि जेल जानेछन् कि मैदान फर्किने छन्। यसअघि लगातार पेसी तोकेर पनि मुद्दाको फैसला पछि सरेको सर्‍यै गर्दा अन्तिम सुनुवाइ हुन सकेको छैन।

राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य बन्द प्रशिक्षणमा सहभागी भइरहँदा पूर्वकप्तान लामिछाने बिदामा बसेका छन्। नेपाली टिमका म्यानेजर विनोद दासले सन्दीप अनुमति लिएरै बिदामा रहेको बताए।

खासगरी सन्दीप आफूविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि पेसी तोकिएपछि त्यसको तयारीका लागि बिदामा रहेका हुन्।

प्रकाशित: १६ जेठ २०८० १४:०४ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast