सगरमाथा आरोही कामिरिताले तोडे आफ्नै कीर्तिमान

हिमाल प्रेस ९ जेठ २०८० ११:०२ | Tuesday, May 23, 2023
सगरमाथा आरोही कामिरिताले तोडे आफ्नै कीर्तिमान

काठमाडौँ- विश्व कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पा २८औं पटक सगरमाथा आरोहण गरेका छन्। केही दिनअघि मात्रै २७औं पटक सगरमाथा चढेर कीर्तिमान बनाएका उनले अहिले २८औं पटक चढेर आफ्नै कीर्तिमान तोडेका हुन्।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औँ पटक सगरमाथा चढेर कामिरिताको कीर्तिमान बराबरी बनाएका थिए। कामिरिता सेभेन समिट ट्रेक्स प्रालिमार्फत सगरमाथा आरोहण गरेका हुन्।

आज (मंगलबार) बिहान ९:२३ बजे कामिरिता सगरमाथाको शिखरमा पुगेको सेभेन समिटले जनाएको छ। यो सिजनको उनको दोस्रो सगरमाथा आरोहण हो। यसअघि उनले जेठ ३ गते सगरमाथा चढेका थिए।

कामिरिता सेभेन समिट ट्रेकमा सिनियर गाइडका रूपमा कार्यरत छन्। सोलुखुम्बुको थामे गाउँका शेर्पा सन् १९७० जनवरी २ मा जन्मिएका हुन्।

उनको पर्वतारोहण यात्रा सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा सपोर्ट स्टाफ सदस्यको रूपमा सुरु भएको थियो। उनले केटु चोयू, ल्होत्से र मनास्लुलगायतका हिमालको सफल आरोहण गरिसकेका छन्।

प्रकाशित: ९ जेठ २०८० ११:०२ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast