सगरमाथाको चुचुरोमा पुगिन् पाकिस्तानी आरोही कैनी

हिमाल प्रेस ३१ वैशाख २०८० ९:५३ | Sunday, May 14, 2023
सगरमाथाको चुचुरोमा पुगिन् पाकिस्तानी आरोही कैनी

काठमाडौँ- थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आज (आइतबार) बिहान ८:०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्।

सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेकी हुन्। त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन्।

दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए। कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट भएको बताए।

नेपाली आरोही पासाङतेम्बा शेर्पा।

उनका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन्। आज (आइतबार) साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो। सगरमाथा आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ ९डोरी टाँग्ने० गरेपछि आरोहणको ढोका खुलेको हो। रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ संख्यामा आरोही प्रतीक्षारत छन्। पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन्।

प्रकाशित: ३१ वैशाख २०८० ९:५३ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast