सांसद्‌ विकास कोष ब्युँतियो

हिमाल प्रेस १५ जेठ २०८० १९:०६ | Monday, May 29, 2023
सांसद्‌ विकास कोष ब्युँतियो

काठमाडौँ- सरकारले सांसद् विकास कोष ब्युँताएको छ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै विवादित बनेको सांसद विकास कोषका लागि बजेट विनियोजन गरेका हुन्। यसका लागि एक सांसदका लागि पाँच करोड रुपैयाँ छुट्याइएको छ।

यसपटक पहिले जस्तो टुक्रे योजना भने यसमा राख्न पाइने छैन। एक परियोजना एक करोडको हुनुपर्नेछ। यस हिसाबले पाँच वटामात्रै आयोजनाका लागि पाँच करोड रुपैयाँ खर्चिनुपर्नेछ। आयोजना छनोट भने प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक सांसद र त्यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा हुनुपर्नेछ। सांसद विकास कोषका लागि जम्मा बजेट ८ अर्ब २५ करोड विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८० १९:०६ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast