संसद्‍मा चन्द्र भण्डारी : नेपालका डाक्टर अब्बल छन्, समस्या व्यवस्थापनमा छ

दिपेश श्रेष्ठ १० जेठ २०८० १४:४९ | Wednesday, May 24, 2023
संसद्‍मा चन्द्र भण्डारी : नेपालका डाक्टर अब्बल छन्, समस्या व्यवस्थापनमा छ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका छन्। आगलागीमा परेर घाइते भएका उनले भारतमा उपचारपछि पहिलोपटक संसद् बैठकमा धारणा राखेका हुन्। उनलाई रोस्ट्रमसम्म पुर्‍याउन मर्यादापालकले सहयोग गरेका थिए।

बैठकमा बोल्दै उनले नेपालमा डाक्टरहरू अब्ब्ल भएको तर व्यवस्थापनमा समस्या रहेको बताए। सरकारले डाक्टरहरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

फागुन ३ गते आगलागीमा परी घाइते भएका उनको उपचार भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनी वैशाख १७ गते स्वदेश फर्किएका हुन्।

बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

 

 

प्रकाशित: १० जेठ २०८० १४:४९ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast