काठमाडौँ- प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले शून्य समयको नाम परिवर्तन गरी मन्त्रीले सुन्ने समय राख्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।
खतिवडाले भने, ‘शून्य समयलाई जिरो समयका रूपमा होइन, यसको नामकरण परिवर्तन गरियोस् र मन्त्रीले सुन्ने समय भन्ने राखियोस्। नत्र यो जिरो नै हुने भयो। यसमा सबैको ध्यान जाओस्।’
यस्तै उनले संसदीय सुनुवाइ समिति बनाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्न सरकारसँग माग गरे।
खतिवडाले भने, ‘संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीशलगायत न्यायाधीशको नियुक्ति नहुँदा देशमा १ लाख ६८ हजार मुद्दा सुनुवाइ नभएर थाती छन्। छिटोभन्दा छिटो प्रधानन्यायाधीश नियुक्तिको प्रारम्भ गरियोस्।’
प्रकाशित: ९ जेठ २०८० १३:३८ | Tuesday, May 23, 2023
प्रतिक्रिया




