शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ८ जेठ २०८० १३:०३ | Monday, May 22, 2023
शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार पीडितका समस्या, पुनःस्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन्।

पीडितहरूलाई जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति प्रदान गरिने उनको भनाइ छ। यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सहभागी सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका नेता ओमविक्रम भाटले आफूहरूका समस्याप्रति प्रधानमन्त्री गम्भीर भएको र समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाएको बताए। ‘समस्या समाधानका लागि प्रधानमन्त्रीले चासो लिनुभएको छ। सरकारले आरक्ष प्रभावितको माग सम्बोधन गर्ने हाम्रो विश्वास छ,’ उनले भने।

सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदलगायत कञ्चनपुरका विभिन्न पार्टी सम्बद्ध नेता एवम् कार्यकर्ता र आरक्षपीडितहरू सहभागी थिए।

प्रकाशित: ८ जेठ २०८० १३:०३ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast