शिक्षक संघ स्थापना दिवसको अवसरमा शिक्षकहरूलाई सम्मान

हिमाल प्रेस १ जेठ २०८० १७:२४ | Monday, May 15, 2023
शिक्षक संघ स्थापना दिवसको अवसरमा शिक्षकहरूलाई सम्मान

इटहरी- नेपाल शिक्षक संघको ३४औँ स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ। शिक्षक संघको स्थापना दिवसको अवसरमा २०७९ मा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएका नवप्रवेशी शिक्षक, विभिन्न विद्यालयमा पछिल्लो समय नियुक्त भएका प्रधानाध्यापक र बाहिरी जिल्लाबाट सरुवा भएर सुनसरी आएका शिक्षकलाई सम्मान गरिएको नेपाल शिक्षक संघ सुनसरीका सचिव रोवनराज कार्कीले बताए।

उनीहरूलाई नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डरीले सम्मान गरे। सो क्रममा समाज सुधार अभियानमा महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षकको प्रशंसा भण्डारीले गरे।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य दामोदर दाहाल, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपमहासचिव ज्योती कोइराला, नेपाल शिक्षक संघ कोशीका वरिष्ठ उपाध्यक्ष सुरेश चौधरीलगायतको उपस्थिति थियो।

नेपाल शिक्षक संघ सुनसरीका अध्यक्ष वेणु सिग्देलको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो।

प्रकाशित: १ जेठ २०८० १७:२४ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast