शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या १४ पुग्यो, शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस २ जेठ २०८० १८:२४ | Tuesday, May 16, 2023
शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या १४ पुग्यो, शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा पुग्नेको संख्या १४ पुगेको छ। नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा आफैँ सोमबार साँझ उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेर आत्मसमर्पण गरेका थिए।

उनलाई आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। अदालतबाट थप अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्ने अनुमति मिलेको छ। भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध वैशाख ३१ गते शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो। शेर्पा आफैँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन्।

यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको उनीमाथि छ। शेर्पाले प्रहरी हिरासतमा पुगेर यो प्रकरणमा मुछिएका सानु भण्डारी र केशव दुलाललाई भेटेर बालकृष्ण खाणको नाम नलिन भन्दै पीडितको रकम फिर्ता गरिदिने भनेको आरोप छ।

यो प्रकरणमा अहिलेसम्म पक्राउ पर्ने पूर्वउपप्रधानमन्त्री टोपबहादु रायमाझी. पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन्।

पक्राउ पुर्जी जारी भएका केही व्यक्ति भने फरार छन्।

प्रकाशित: २ जेठ २०८० १८:२४ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast