विलासिताको करले पर्यटन क्षेत्रलाई मर्का पर्छ : हान

हिमाल प्रेस १७ जेठ २०८० १६:०६ | Wednesday, May 31, 2023
विलासिताको करले पर्यटन क्षेत्रलाई मर्का पर्छ : हान
काठमाडौँ– आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले होटल क्षेत्रको समस्या समाधानमा अपेक्षाकृत योगदान दिन नसकेको होटल संघ नेपाल (हान)ले जनाएको छ। विलासिताको करले होटलको सेवा महंगो पर्ने भन्दै यस्तो निर्णयले समग्र पर्यटन क्षेत्रलाई मर्का पर्ने हानले उल्लेख गरेको हो।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा पाँचतारे वा सो सरहका होटलमा २ प्रतिशत विलासिताको कर लगाउने निर्णय गरेको छ। ‘छिमेकी मुलुकको सिको गरी ल्याइएको विलासिता करले सञ्चालनमा आउने तयारीमा रहेका दर्जनौँ स्तरीय तारे होटलको सेवा महँगो हुने हुँदा यसले पर्यटकको आगमन प्रभावित बनाउने छ,’ हानले बजेटको समीक्षा गर्दै भनेको छ।
प्रकाशित: १७ जेठ २०८० १६:०६ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast