विराटनगर : यायोक्खाका केन्द्रीय अध्यक्षसहित ३० जना पक्राउ

हिमाल प्रेस १४ जेठ २०८० ११:४६ | Sunday, May 28, 2023
विराटनगर : यायोक्खाका केन्द्रीय अध्यक्षसहित ३० जना पक्राउ

इटहरी– कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका ३० जना पक्राउ परेका छन्। आइतबार विराटनगरस्थित प्रदेशसभामा बजेट अधिवेशन सुरु हुन लाग्दा विभिन्न चोकमा प्रदर्शन गर्दै रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, उपाध्यक्ष देवान राई, महासचिव भीम राई, उपमहासचिव मन्जु सोताङ, सचिव नागेशचन्द्र राई, सहकोषाध्यक्ष छिला राई, किरण राईसहित ३० जना छन्।

यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय नेता थाङसाङ लाओती, दीपा लिम्बूलगायतलाई पनि प्रहरीले पक्राउ गरेको छ।

आइतबार प्रदेशको बजेट अधिवेशन सुरु हुने भएकाले कोशी प्रदेश नाम सरकारले फिर्ता लिनुपर्ने मागसहित उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

कोशी प्रदेश नामले जातीय र सांस्कृतिक पहिचान नबोकेकाले पहिचान खुल्ने गरी प्रदेशको पुन: नामकरण गर्नुपर्ने उनीहरूको माग छ।

प्रकाशित: १४ जेठ २०८० ११:४६ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast