विद्यालय तहका छात्रालाई नि:शुल्क स्यानिटरी प्याड

हिमाल प्रेस १५ जेठ २०८० १८:०९ | Monday, May 29, 2023
विद्यालय तहका छात्रालाई नि:शुल्क स्यानिटरी प्याड

काठमाडौँ– सरकारले विद्यालय तहका छात्राहरुका लागि नि:शुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त कुरा बताएका हुन्।

यसका लागि अर्थमन्त्रालयले एक अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी गराए। उनले भने,‘विद्यालय तहका छात्रालाई नि:शुल्क स्यानिटरी प्याड कार्यक्रमलाई निरन्तरता दिइने छ। यसका लागि १ अर्ब ४२ करोड विनियोजन गरेको छु।’ उनले यसबाट १० लाख छात्रा लाभान्वित हुने बताए।

प्रकाशित: १५ जेठ २०८० १८:०९ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast