विद्यालय कर्मचारी र कार्यालय सहयोगीको नपुग तलबको विवरण पठाउन निर्देशन

हिमाल प्रेस २ जेठ २०८० १३:३६ | Tuesday, May 16, 2023
विद्यालय कर्मचारी र कार्यालय सहयोगीको नपुग तलबको विवरण पठाउन निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करारमा कार्यरत विद्यालय कर्मचारी र कार्यालय सहयोगीको नपुग तलबको विवरण पठाउन ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।

केन्द्रले सूचना जारी गर्दै स्वीकृत दरबन्दीअन्तर्गत करारमा नियुक्ति भई काम गर्दै आएका कर्मचारीको तलब नपुग हुने भएमा मंगलबार कार्यालय समयभित्र आइपुग्ने गरी विवरण पठाउन सूचित गरेको हो।

केन्द्रले कार्यालय सहयोगी र सवारी चालकको चालु आर्थिक वर्ष २०७९-८० मा वृद्धि भएको तलबभत्ता तथा स्थायी कर्मचारी अवकाश भई करारमा नियुक्ति पाएका कर्मचारीको तलबभत्ता नपुग हुने भएमा सोको व्यवस्थाका लागि विवरण माग गरेको जनाएको छ।

प्रकाशित: २ जेठ २०८० १३:३६ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast