विद्यार्थीलाई १ वर्ष पुग्ने शैक्षिक सामग्री वितरण

हिमाल प्रेस ३ जेठ २०८० १८:१५ | Wednesday, May 17, 2023
विद्यार्थीलाई १ वर्ष पुग्ने शैक्षिक सामग्री वितरण

नरैनापुर- बाँकेको नरैनापुर गाँउपालिका–१ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ। एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरीकाको सहयोग र देवराली फाउन्डेसनको सहकार्यमा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो।

विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कापी वितरण गरिएको देवराली फाउन्डेसनका अध्यक्ष भिम घिमिरेले जानकारी दिए। विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताए।

‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ,’ उनले भने, ‘गाउँपालिकाभित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौँ।’ अध्यक्ष शाहले नरैनापुरमा आएर विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने एनआरएनए र देवराली फाउन्डेसनप्रति धन्यवाद व्यक्त गरे।

एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोरनिया अध्यक्ष माधव मरासिनीले हालसम्म शैक्षिक सामग्री नपाएका विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले कापी उपलब्ध गराएको बताए।

प्रकाशित: ३ जेठ २०८० १८:१५ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast