ललितपुर महानगरद्वारा नगरलाई सुन्दर बनाउने अभियानमा अवरोध नगर्न आग्रह

हिमाल प्रेस २ जेठ २०८० ८:०२ | Tuesday, May 16, 2023
ललितपुर महानगरद्वारा नगरलाई सुन्दर बनाउने अभियानमा अवरोध नगर्न आग्रह

काठमाडौँ- ललितपुर महानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियानमा अवरोध नगर्न आग्रह गरेको छ।

महानगरपालिकाले सञ्चालन गरेको सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको अभियानमा केही व्यक्तिहरू आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक जग्गा तथा सम्पत्ति अतिक्रमणमा लागेको महानगरले सूचनामा जनाएको छ।

आफ्नो घरको गेट समेत सार्वजनिक बाटोतर्फ खोल्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बाटोमा प्रयोग गरी अरू नागरिकलाई अवरोध  गर्ने गरेको पाइएकोमा ध्यानाकर्षण भएको महानगरले जनाएको छ।

त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई ३५ दिनभित्र सुधार गर्न पनि महानगरपालिकाको आग्रह छ।

तोकिएको मिति ३५ दिनभित्र पनि सुधार नगरेमा कानुनी कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ।

महानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियान अन्तर्गत हरियाली प्रवर्द्धन, सडक पेटीमा सुधार, स्मार्ट बत्ती जडान, ऐतिहासिक सम्पदा तथा सार्वजनिक जग्गा संरक्षणका काम गर्दै आएको जनाएको छ।

प्रकाशित: २ जेठ २०८० ८:०२ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast