लगातार सातौँ दिन बढ्यो सेयर बजार

हिमाल प्रेस १० जेठ २०८० १५:३७ | Wednesday, May 24, 2023
लगातार सातौँ दिन बढ्यो सेयर बजार

काठमाडौँ- सेयर बजार परिसूचक (नेप्से)मा लगातार सातौँ दिन हरियाली छाएको छ। बधुबार नेप्से परिसूचकमा १९.४९ अंकको वृद्धि भएको छ। आज १३१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८३ कम्पनी घाटामा गएका छन्।

७ कम्पनीको मूल्य भने स्थिर रह्यो। बुधबार पनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आज युनिलिभर नेपालको सेयरमा पनि सर्किट लागेको छ।

आज १ अर्ब ८७ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार नेप्सेमा ४८ हजार ६५ हजार कित्ता सेयर खरिदबिक्री भयो। कारोबार रकमका हिसाबले आज शिवम् सिमेन्ट पहिलो स्थानमा रह्यो।

यसको १४ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार फाइनान्स, जलविद्युत् र सामूहिक लगानी कोष उपसमूहको सूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन र होटल उपसमूहको सूचक बढेको छ। यी दुवै उपसमूहमा ४ प्रतिशत बढीको वृद्धि देखियो।

प्रकाशित: १० जेठ २०८० १५:३७ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast