रेशम चौधरीले भेटे कैलाली कारागारका कैदीलाई

हिमाल प्रेस १७ जेठ २०८० १९:३६ | Wednesday, May 31, 2023
रेशम चौधरीले भेटे कैलाली कारागारका कैदीलाई रेशम चौधरी

धनगढी- नागरीक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कैलाली कारागारमा रहेका कैदीबन्दीलाई भेटेका छन्। टीकापुर घटनामा तीनै तहका अदालतले चौधरीसहित ९ जनालाई जन्मकैदको सजाय सुनाएकोमा पछिल्लो समय जेलमुक्त भएका चौधरीले कैलाली कारागारका बन्दीलाई भेटेका हुन्।

चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि जेठ १५ मा रिहा भएका छन्।

टिकापुर घटनामा रेशमसँगै कैद सजाय पाएका वीरबहादुर चौधरी, हरीनारायण चौधरी र प्रदीप चौधरीलाई रेशमले बुधबार भेटेका हुन्। कैलाली कारागार प्रमुख पदमराज तिमिल्सेनाले रेशम चौधरीले कैदीसँग भेट गरेको पुष्टी गरे।

२०७२ साल भदौ ७ गते भएको टिकापुर घटनामा कैद भुक्तान गरिरहेका २ जनालाई यही जेठ २ गते सफाई दिइएको थियो। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले ‘विद्रोह’ भनिने सीताराम चौधरी र गंगाराम चौधरीलाई सफाई दिने फैसला गरेको थियो।

प्रकाशित: १७ जेठ २०८० १९:३६ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast