 
                             
                                            काठमाडौँ– शाओमी नेपालले दुई एयरबड्स सार्वजनिक गरेको छ। शाओमीले रेडमी बड्स-४ र रेडमी बड्स-४ लाइट गरी दुई एयरबड्स सार्वजनिक गरेको हो।
बड्स-४ मा १० एमएम डाइनामिक ड्राइभ समेटिएको छ। जसले उत्कृष्ट आवाज आउने कम्पनीले जनाएको छ। यो एकपटक चार्ज गर्दा ६ घण्टासम्म चलाउन सकिन्छ। कम्पनीले यसको मूल्य ६ हजार ९९९ तोकिएको छ।
यस्तै एयरबड्स-४ लाइटमा १२ एमएमको डाइनामिक ड्राइभ छ। यो पूरा चार्जमा ५ घण्टासम्म चलाउन सकिन्छ। यसको मूल्य ३ हजार ४९९ रुपैयाँ तोकिएको छ।
                            प्रकाशित: ५ जेठ  २०८० १९:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 